रिभेन्जको गीत ‘हजारौँ हजारमा’ सार्वजनिक

काठमाडौँ । चलचित्र ‘रिभेन्ज’ को रोमान्टिक गीत ‘हजारौँ हजारमा…’ सार्वजनिक भएको छ । गीतमा गायक दीपक लिम्बु तथा गायिका नित्याशिवाको स्वर रहेको छ ।

गीतमा चलचित्रका मुख्य कलाकार विशाल तथा प्रीतिकालाई फिचर गरिएको छ भने सन्तोष प्रगाढले संगीत संयोजन गरेका छन् । शङ्कर अधिकारी घायलका शब्दहरू समेटिएको यो गीतमा राजन महर्जनले कोरियोग्राफी गरेका छन् ।

कृष्ण पाण्डे छायांकार हुन् भने विश्वास भण्डारीले सम्पादन सम्हालेका छन् । कोरोनाको प्रकोप घटेको खण्डमा चलचित्र असारको दोस्रो साता प्रदर्शन हुने तयारीमा छ । डिएस डिजिटल सिनेमाको ब्यानरमा मोहन गमालको प्रस्तुति, अमन कुमार देवको निर्माण तथा शङ्कर अधिकारी घायलको लेखन तथा निर्देशनमा चलचित्र तयार भएको हो ।

प्रतिक्रिया