नेपालमा ओपो एफ १९ को बिक्री शुरु

काठमाडौं । ओपोले नेपालमाएफ १९ को बिक्री शुरु गरेको छ । एफ १९ को डिजाइन विशेषगरी उच्च गुणस्तरीय स्मार्टफोनका साथै आकर्षक डिजाइन मनपराउने ‘ट्रेण्डसेटिङ’ पुस्तालाई ध्यानमा राखी गरिएको ओपोले जनाएको छ ।

एफ १९ मा ब्रिलियन्ट स्क्रिन, उच्च कोटीको परफरमेन्सका साथै कम्पनीले आकर्षक डिजाइन पनि दिएको बताइएको छ ।

यसको विकास गरिँदा प्रयोगकर्ताले फोनको दैनिक प्रयोग गर्दा ब्याट्रीका कारण कुनै समस्या झेल्न नपरोस्‚ छरितो चार्जिङमार्फत् चार्जिङकै लागि धेरै समय खर्चिन नपरोस् भन्नेतिर पनि विशेष ध्यान दिइएको जनाएको छ ।

एफसिरिजको डिजाइन आफ्नो दैनिकआवश्यतापुर्तिका साथै जीवनमा सहजता प्रदान गर्ने प्रविधिसहितको ट्रेण्डी स्मार्टफोन चाहने उपभोक्ताहरुका लागि गरिएको बताएको छ ।

दिनभर फोनको प्रयोग बिना कुनै रुकावट गर्न सकियोस् भन्ने सोचका साथ यसमा ३३वाट फ्ल्यास चार्ज सुविधासहितको ५ हजार एमएएच क्षमताको ब्याट्री जडान गरिएको कम्पनीले बताएको छ ।

प्रतिक्रिया