विकासको डेब्यु निर्देशनमा ‘केही कमी’ सार्वजनिक  

काठमाडौँ । गायिका अस्मिता अधिकारीको स्वरमा गीत ‘केही कमी’ सार्वजनिक भएको छ । गीतमा  सागर खरेलको शब्द तथा कृष्ण पाण्डेको संगीत रहेको छ । भिडियो डेब्यु निर्देशक विकास सुवेदीले निर्देशन गरेका हुन् । भिडियोमा मोडल सुधीर श्रेष्ठ र अनिशा पोखरेलको अभिनय रहेको छ । विकास ज्ञवालीको सम्पादन रहेको भिडियोमा युवराज न्यौपानेको छायांकन छ । विमल सुवेदीको लगानीमा बनेको भिडियोमा आशिष नेपालको सह–निर्देशन छ ।
https://youtu.be/D4zp1v03plQ?t=38

प्रतिक्रिया