माधवकुमार नेपालसहितका नेतालाई स्पष्टीकरण

काठमाडौं । विपक्षी एमाले नेता माधवकुमार नेपालसहितका केही नेतालाई स्पष्टीकरण सोधिने भएको छ । सोमवार बालुवाटारमा बसेको एमाले महाधिवेशन आयोजक कमिटीको बैठक नेता नेपालसहितका अन्य नेतालाई स्पष्टीकरण सोध्ने निर्णय गरेको हो । ‘उहाँ (माधवकुमार नेपाल)सँगै अन्य केही नेताहरुलाई सोधिने हो,’ स्रोतले मकालु खबरलाई भन्यो– ‘अहिले त्यही विषयमा छलफल भइरहेको छ ।’

एक नेताकाअनुसार उनीहरुलाई कर्णाली प्रदेशमा फ्लोर क्रस गराउन मध्यस्तकर्ताको भूमिका खेलेको भन्दै स्पष्टीकरण सोध्न लागिएको हो ।

प्रतिक्रिया