एपीवानले रोक्यो प्रकाश सुवेदीका दुई कार्यक्रम

काठमाडौँ । पत्रकार प्रकाश सुवेदीका दुई मनोरञ्जनात्मक कार्यक्रम रोकिएका छन् । एपीवान टेलिभिजनबाट प्रसारण हुने ग्ल्यामर गफ र रजतपट कार्यक्रममा आफ्नो चरित्रहत्या गरेको भन्दै कलाकार शिल्पा पोखरेलले टेलिभिजनमा उजुरी दिएपछि  दुवै कार्यक्रम रोकिएको थियो ।

यससँगै कार्यक्रम हाललाई प्रसारण नगर्ने निर्णय टेलिभिजनले गरेको हो ।

रजतपटमा आएको सामग्रीपश्चात् शिल्पाको विषयमा अन्य सामग्री नबनाउन बोर्डले सुवेदीलाई निर्देशन दिएको थियो । तर ग्ल्यामर गफमा उनले छविराज ओझालाई निम्त्याएर उक्त विषयमा नै गफ गरेका थिए ।

योसँगै बोर्डको बैठकबाट अर्को सूचना प्रकाशन नभएसम्म कार्यक्रम रोकिने निर्णय भएको हो । सुवेदीले आफ्नो कार्यक्रममा एक विवाहित पुरुषसँग शिल्पाको नाम जोडेर सामग्री बनाएका थिए ।

प्रतिक्रिया