दीपशिखा लेख्छिन् – म अर्काको लोग्नेलाई माया गर्छु

काठमाडौँ । कलाकार तथा निर्माता दीपशिखा खड्का निर्माता छवि ओझाको समर्थनमा देखिएकी छन् । उनले सामाजिक सञ्जालमा व्यङ्ग्यात्मक शैलीमा एक पोस्ट राख्दै शिल्पा पोखरेलले आफू महिला भएको कारण फाइदा उठाएको बताएकी छन् । नेपाली समाजमा महिलाले आँसुलाई आफ्नो हतियारको रूपमा प्रयोग गरिने सोच छ । दीपशिखालाई पनि शिल्पाले त्यही हतियार प्रयोग गरेको भन्ने लागेको छ ।

शिल्पा र छविको विषय पुनः चर्चामा आएको छ । एक अन्तरवार्तामा  छविले शिल्पाको कारण सबै महिलासँग डर लाग्ने बताएका थिए । शिल्पाको छविसँग दोस्रो विवाह भएको खबर बाहिरीएसँगै सामाजिक सञ्जाल प्रयोगकर्ता समेत दुई भागमा बाँडिएका छन् । यता शिल्पा भने ‘पर्ख र हेर’ भन्दै मिडियाबाट तर्किएकी छन् ।

अदालतमा शिल्पाले छविविरुद्ध सम्बन्धबिच्छेद र माना चामलको माग राखेर मुद्दा दर्ता गरेकी छन् । छविकी पहिलो पत्नी हेमाले समेत छवि विरुद्ध बहुविवाहको मुद्दा तयार गरेकी छन् ।

दीपशिखाको विचार मन पराएर केही सामाजिक सञ्जाल प्रयोगकर्ताले सेयर समेत गरेका छन् । उनी लेख्छिन् :

म २७ वर्ष भए तर म अर्काको लोग्नेलाई माया गर्छु ।

धेरै होइन त्यही २५ वर्ष जति फरक हुनुहुन्छ उहाँ…..

उहाँले पहिला पनि ३ वटा जति बिहे गरी सक्नु भएको मलाई लगायत उहाँलाई चिन्ने सबैलाई थाहा छ ।

यी तीन ओटा चाही थाहा पाएका थाहा नपाएका चाही कि उहाँ जानुन् कि भगवान् जानुन्…

काठमाण्डौमा ठुलो घर छ, गाडी नि चडेरै हिड्छन, फिल्म सिल्म बनाउँछन् के रे पैसा पनि गजब कै होला l

एउटा इन्कम अर्को दिन कमएक-दुई वर्ष लन्ठिम्ला के रे फेरी मेरा सस्ता आशु बगाएर नारी अधिकारका भाषण गर्दै सम्पत्ति लिने हो डिभोर्स दिने हो ।

माथि देखी तल सम्म पढ्दा मेरो केही गल्ती भेटाउनु भयो पक्कै पनि भेटाउनु भएन किनकि म नारी हुँ

धिक्कार होस म जस्तो नारीलाई सबै गल्ती आफै गरेर फेरी पनि उसको सम्पत्तिको आस गर्दै छु  ।।

प्रतिक्रिया