संसद्को हिउँदे अधिवेशन अन्त्य

कठमाडौं । संसद्को हिउँदे अधिवेशन अन्त्य भएको छ । अधिवेशन अन्त्य गर्ने मन्त्रिपरिषद्को निर्णय राष्ट्रपति विद्यादेवी भण्डारीले सदर गरेपछि संसद्को हिउँदे अधिवेशन अन्त्य भएको हो ।

सोमवार बिहान बसेको मन्त्रिपरिषद्को बैठकले अधिवेशन अन्त्यको लागि राष्ट्रपतिलाई सिफारिस गर्ने निर्णय गरेको थियो । त्यसपछि राष्ट्रपति भण्डारीले अधिवेशन अन्त्य गरेकी हुन् ।

गत पुस ५ गते विघटन भइ फागुन ११ गते पुनःस्थापना भएको संसद्का हिउँदे अधिवेशन फागुन २३ गतेबाट शुरु भएको थियो । संसद्ले यसबिचमा कुनै काम गर्न सकेको थिएन ।

जेठ १५मा बजेट ल्याउनुपर्ने र त्यसअघि सरकारको नीति तथा कार्यक्रम पेश हुनुपर्ने भएकाले अधिवेशन चाँडै आह्वान हुने बताइएको छ ।

मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिले अधिवेशन अन्त्य र आह्वान गर्ने संवैधानिक व्यवस्था छ ।

प्रतिक्रिया