माओवादीले बहिस्कार गरेको सर्वदलीय बैठकमा को–को पुगे ? (तस्बिरहरु)

काठमाडौं । प्रधानमन्त्री सरकारी निवास बालुवाटारमा सर्वदलीय बैठक जारी छ । प्रधानमन्त्री केपी शर्मा ओलीले आह्वान गरेको बैठक माओवादी केन्द्रले भने बहिस्कार गरेको छ । आफूहरुलाई आधिकारिक सूचना नआएको भन्दै माओवादीले बैठक बहिस्कार गरेको हो । ‘हामीलाई आधिकारिक सूचना आएन,’ नेता लीलामणि पोखरेलले मकालु खबरसँग भने, ‘सञ्चारमाध्यमले समाचार दिएको भरमा गइन्न ।’

बैठकमा सत्तापक्षीय एमालेका नेताहरुसँगै नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल, जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष महन्थ ठाकुर, लक्ष्मणलाल कर्णलगायतका सहभागी छन् । बैठकमा जसपा नेताद्वय डा. बाबुराम भट्टराई र उपेन्द्र यादव भने सहभागी छैनन् ।

बिहान ११ बजेबाट शुरु भएको बैठकमा राप्रपा, मजदूर किसान पार्टी र राष्ट्रिय जनमोर्चाका नेतासमेत सहभागी छन् । बैठकमा संसद् अधिवेशन अन्त्यलगायतका विषयमा छलफल हुने स्रोतले मकालु खबरलाई जानकारी दिएको छ ।

प्रतिक्रिया