रहेनन् साहित्यकार श्यामदास वैष्णव

काठमाडौँ । साहित्यकार श्यामदास वैष्णवको निधन भएको छ । नेपाली भाषासाहित्यका साधक उनको शुक्रबार साँझ आफ्नै घर ज्ञानेश्वरमा निधन भएको हो ।

महाकवि लक्ष्मीप्रसाद देवकोटाका अतिप्रय चेला (भक्त) मानिने वैष्णवका कवितासङ्ग्रह र गीतिनाटक गरेर सात वटा कृति प्रकाशित छन् । वैष्णवले गोरखादक्षिण बाहु, महेन्द्र प्रज्ञापुरस्कार, त्रिमूर्ति, देवकोटा शताब्दी, भानुभक्त, मुक्ति र नइ देरूनीख प्रदीप्ति आदि पुरस्कार पाएका थिए ।

विसं १९८१ साउन ५ गते काठमाडौँमा जन्मनुभएका वैष्णवका श्रीमती, तीन छोरा र चार छोरी छन् । विसं २०७२ देखि मनोरोगले पीडित उनको पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको छ ।

प्रतिक्रिया