‘श्री’ टिमद्वारा चलचित्र पत्रकार कल्याणकारी कोषलाई आर्थिक सहयोग

काठमाडौँ । चलचित्र ‘श्री’ टिम ले चलचित्र पत्रकार सङ्घलाई आर्थिक सहयोग गरेको छ ।

सङ्घद्वारा स्थापना गरिएको ‘चलचित्र पत्रकार कल्याणकारी कोष’ मा टिमले नगद रु पच्चीस हजार एक सय पाँच रुपैयाँ सहयोग गरेको हो । प्रदर्शनको दोस्रो हप्ता प्रवेश गरेको उपलक्ष्यमा काठमाडौँमा रहेको ‘वान सिनेमा हल’ मा एक औपचारिक कार्यक्रम गर्दै आर्थिक सहयोग हस्तान्तरण गरेको हो ।

कार्यक्रममा चलचित्रका कलाकार सन्दीप क्षेत्री, भोला सापकोटा, सबिता गुरुङ लगायतको उपस्थिति रहेको थियो । चलचित्र पत्रकार सङ्घका अध्यक्ष दिनेश सिटौला, उपाध्यक्ष जीवन पराजुली, महासचिव समीर बलामी लगायतको उपस्थितिमा उक्त सहयोग रकम हस्तान्तरण गरिएको थियो ।

प्रतिक्रिया