टोखामा यसरी मनाइयो बिस्का जात्रा (तस्बिरहरू)

काठमाडौं । नयाँ वर्ष २०७८ सालको सुरुवातसँगै मनाइने नेवार समुदायको बिस्का जात्रा काठमाडौंको टोखामा पनि भव्य रुपमा मनाइएको छ । यस जात्रामा पहिलो दिन बिहान टोखाको भूतखेल, यलाग र थलागमा पिगन्द्यो मू जात्रा मनाइन्छ ।

सोही दिन दिउँसो थलागटोलमा चण्डेश्वरी मूल जात्रा एवं सिन्दूर जात्रा मनाई राति थनेलाछी भन्ने स्थानमा याप्याखँ, दियो बाल्ने तथा भजन कृतन गर्ने गरिन्छ ।

यस्तै दोस्रो दिन बिहान थनेलाछीमा बिहानी खट जात्रा मनाई दिउँसो सरस्वती चौरमा नाराणपोखरी स्नान जात्रा मनाइन्छ । त्यहि दिन राति कोनेलाछीमा याप्याखँ, दियो बाल्ने तथा भजन कृतन गर्ने गरिन्छ ।

तस्बिरहरू :

प्रतिक्रिया