कर्णाली प्रदेश : फ्लोर क्रस गर्ने सांसदलाई कारबाहीको सिफारिस

काठमाडौं । कर्णाली प्रदेशमा ‘फ्लोर क्रस’ गर्ने विपक्षी एमालेका चार सांसदलाई साधारण सदस्यसमेत नरहनेगरी कारबाहीको सिफारिस गरिएको छ । शुक्रवार प्रदेश सभाबाट मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले विश्वासको मत लिएबित्तिकै बसेको एमाले संसदीय दलको बैठकले मुख्यमन्त्री शाहीको पक्षमा मतदान गर्ने सांसदहरु कृष्ण ज्वाला, कुर्मराज शाही, नन्दसिंह बुढा र अमर थापालाई साधारण सदस्यसमेत नरहनेरी कारबाही गर्न सिफारिस गरेको हो ।

एमाले प्रमुख सचेतक गुलाबजंग शाहले मकालु खबरलाई दिएको जानकारीअनुसार चार सांसदलाई साधारण सदस्यसमेत नरहनेगरी कारबाहीको सिफासि गरिएको हो । ‘साधारण सदस्यसमेत नरहनेगरी कारबाहीको लागि सिफारिस गरिएको छ,’ सचेतक शाहले भनेका छन् ।

मुख्यमन्त्री शाहीले शुक्रवार सदनबाट २२ मत बटुल्दै विश्वासको मत लिएका छन् । मुख्यमन्त्री शाहीलाई कांग्रेसले साथ दिएको थियो । योसँगै शाही नेतृत्वको सरकारले निरन्तरता पाएको हो ।

एमालेकै सांसद देवी ओलीले भने विश्वासको मतको पक्षमा दिएको मत सभामुखले निर्धारण गरेको समयमा सच्याएकी थिइन् । विश्वासको मतको पक्षमा बहुमत पुगेको थाहा पाएपछि उनले मत सच्याएकी हुन् ।

प्रतिक्रिया