कर्णालीमा ‘फ्लोर क्रस’ गर्ने सांसदलाई कारबाही गर्न एमाले संसदीय दलको बैठक बस्दै

काठमाडौं । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले प्रदेश सभाबाट विश्वासको मत लिएका छन् । विपक्षी एमालेका चार सांसदले ‘फ्लोर क्रस’ गरेसँगै मुख्यमन्त्री शाही विश्वासको मत लिन सफल भएका हुन् । यससँगै शाही नेतृत्वको प्रदेश सरकारले निरन्तरता पाएको हो ।

विपक्षी एमाले नेताहरु प्रकाश ज्वाला, कुर्मराज शाही, नन्दसिंह बुढा र अमर थापाले मुख्यमन्त्री शाहीलाई विश्वासको मत दिएका हुन् । प्रदेशमा ६ सिट भएको कांग्रेसले भने मुख्मयन्त्रीलाई मत दिने घोषणा गरिसकेको थियो ।

सभामा शुक्रवार उपलब्ध ३७ सांसदमध्ये २२ जनाले मुख्यमन्त्री शाहीलाई मतदान गरे भने १५ जना विपक्षमा मतदान गरे । सभामा जम्मा ३७ सांसद सहभागी थिए ।

प्रदेश सभामा सभामुखसहित एमालेका २० जना सांसद छन् भने माओवादीका १२ सांसद छन् । जहाँ, कांग्रेसको ६ सिट छ ।

यता सत्तापक्षीय एमालेको भने संसदीय दलको बैठक बसिरहेको छ । फ्लोर क्रस गर्ने चार सांसदहरुलाई कारबाही गर्ने सम्बन्धमा बैठक बसिरहेको बताइएको छ । यता फ्लोर क्रस गर्ने सम्बन्धमा अग्रणी भूमिकामा देखिएका ज्वालाले भने कारबाही भोग्न तयार रहेको बताएका छन् ।

प्रतिक्रिया