कर्णाली प्रदेश : मुख्यमन्त्री शाहीविरुद्ध मतदान गर्न एमाले सांसदलाई ह्वीप

काठमाडौं । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीविरुद्ध मतदान गर्न एमालेले सांसदलाई ह्वीप जारी गर्ने निर्णय गरेको छ । दलका नेता यामलाल कँडेल निवासमा बसिरहेको कर्णाली प्रदेश संसदीय दलको बैठकले आफ्ना सांसदलाई मुख्यमन्त्रीविरुद्ध मतदान गर्न ह्वीप जारी गर्ने निर्णय गरेको हो ।

प्रमुख समेतक गुलाबजंग शाहकाअनुसार बैठकलगत्तै ह्वीप जारी हुनेछ । ‘बैठक जारी छ,’ शाहले भने, ‘बैठकले मुख्यमन्त्री शाहीविरुद्ध मतदान गर्न पार्टीका सांसदलाई ह्वीप जारी गर्ने निर्णय गरेको छ ।’ बिहान ११ बजेदेखि कँडेल निवासमा शुरु भएको बैठक अझैसम्म सकिएको छैन । बैठकमा एमालेका सबै सांसद उपस्थित रहेको दाबी गरिएको छ ।

मुख्यमन्त्री शाहीले आजको बैठकबाट विश्वासको मत लिने कार्यसूची छ । यसपछि एमालेले मुख्यमन्त्रीविरुद्ध मतदान गर्न ह्वीप जारी गर्ने निर्णय गरेको हो । मुख्यमन्त्री शाही माओवादी नेता हुन् ।

३९ सदस्य रहेको कर्णालीमा २० सांसद रहेको एमालेले समर्थन फिर्ता लिएपछि मुख्यमन्त्री शाहीले विश्वासको मत लिन लागेका हुन् ।

प्रतिक्रिया