नवल नेपाल निर्देशित ‘मिसले सोध्नु भो’ सार्वजनिक

काठमाडौँ । बाल गीत ‘मिसले सोध्नु भो’ सार्वजनिक भएको छ । स्वीकृति शर्माको स्वर तथा शब्द रहेको गीत विश्वप्रकाश शर्माको अफिसियल यूट्युब च्यानलमार्फत सार्वजनिक भएको हो ।

गीतमा विश्वप्रकाश शर्माको संगीत र मनोहर सुनामको संगीत संयोजन रहेको छ । नवल नेपालको निर्देशन रहेको भिडिओ मदन कश्यप घिमिरेले खिचेका हुन् । सम्पादन भने जीवन थापाको रहेको छ ।

भिडिओमा स्वीकृति शर्मा, गोपाल घिमिरे, गीता रिजाल जोशी, शारदा लुइँटेल र अन्वेक्षा कटुवालको अभिनय रहेको छ ।

प्रतिक्रिया