‘अघोरी’को मुख्य भूमिकामा रेमनदास

काठमाडौँ । वेब सिरिज ‘अघोरी’ को मुख्य भूमिकामा रेमनदास श्रेष्ठ देखिने भएका छन् ।

ह्यापी रेकर्ड्स नेपालले निर्माण गर्न लागेको सिरिजमा रेमन सँगै सुमन चित्रकार श्रेष्ठ, सपना तामाङ, किरण स्याङतान, सिरन बज्राचार्य, निश्चल जङ्ग,अमिसा, तृप्ति लगायत कलाकारहरूको अभिनय रहने छ । सिरिज निर्देशन तथा सम्पादन सुजन मानन्धरले गर्दै छन् ।

यस सिरिजको कथा सुमन चित्रकारले लेखेका हुन् । अमृत मरहट्ठाको शृङ्गार रहने सिरिजमा रिकेश मानन्धरको संगीत छ । सिरिजमा निश बज्राचार्यको छायांकन रहने छ ।

प्रतिक्रिया