धनीलाई जिम्मा लगाइयो चोरीका मोटरसाइकल

काठमाडौं । महानगरीय ट्राफिक प्रहरी महाशाखा रामशाहपथमा बिहीबार एक कार्यक्रम आयोजना गरी चोरिएका २६ थान मोटरसाइकल र स्कुटरहरू सम्बन्धित धनीलाई जिम्मा लगाइएको छ ।

महाशाखाका प्रहरी वरिस्ठ उपरीक्षक (एसएसपी) जनक भट्टराईबाट देशका विभिन्न भागबाट चोरी गरी विभिन्न स्थानमा छाडिएको उक्त मोटरसाइकल सम्बन्धित धनीलाई हस्तान्तरण गरिएको हो ।

चोरसहित पक्राउ गरिएको मोटरसाइकल भने सम्बन्धित वृत्तहरूमा मुद्दा चलिरहेको र मुद्दाको किनारा लाग्नासाथ हस्तान्तरण गरिने एसएसपी भट्टराईले जानकारी दिए ।

कार्यक्रममा हराएका मोटरसाइकल खोजतलास गर्ने उत्कृष्ट प्रहरी कर्मचारी प्रहरी सहायक निरीक्षक धन बहादुर क्षेत्रीलाई पुरस्कृत गरिएको थियो ।

प्रतिक्रिया