एक्सन थ्रिलर चलचित्र ‘एक्स ९’ बनाउँदै पाठक

काठमाडौँ । एक्सन थ्रिलर चलचित्र ‘एक्स ९ (लेभल १)’ बन्ने भएको छ । चलचित्र मुकुन्द भट्टले निर्देशन गर्दैछन् ।

यादवप्रसाद पाठकको निर्माण रहने चलचित्र नेपालकै ठूलो एक्सन थ्रिलर चलचित्र हुने निर्देशक भट्टले बताएका छन् । चलचित्रको कथा‚ संवाद र स्क्रिन प्ले नरेशनाथ योगी र निर्देशक भट्टको छ । चलचित्र विश्वका धेरै ठाउँमा एकसाथ २०२२ मा प्रदर्शन गर्ने निर्माण टिमको योजना रहेको उनले दाबी गरेका छ । चलचित्र ब्ल्यू स्पार्क प्रोडक्सनको प्रस्तुतिमा निर्माण गर्न लागिएको हो ।

सामाजिक सञ्जालमा थिम पोस्टर सार्वजनिक गर्दै निर्देशक भट्टले चलचित्रको विषयमा जानकारी दिएका हुन् । यो प्रोजेक्टमा जोडिन पाएकाेमा उनले निर्माता पाठकलाई धन्यवाद दिएका छन् ।

मुकुन्द निर्देशित चलचित्र ‘लप्पन छप्पन २’ प्रदर्शनको लागि तयार छ ।

प्रतिक्रिया