वेब सिरिज ‘ईओजी’को फर्स्ट लुक पोस्टर सार्वजनिक

काठमाडौँ । रङ्गमञ्चका कलाकारहरूको बाहुल्यता रहेको वेब सिरिज ‘ईओजी’ (इरर अफ गड) को फर्स्ट लुक पोस्टर सार्वजनिक गरिएको छ ।

कलासी प्रोडक्सनको निर्माणमा प्रकु पाण्डेले निर्देशन गरेको सिरिजमा आफ्नो सबै शक्ति गुमाएर पृथ्वी लोकमा साधारण मानिसको रूपमा आएका भगवानको कथालाई प्रस्तुत गरिएको छ । संगीत सापकोटाको लेखन रहेको सिरिजलाई सगुन पोख्रेलले निर्माण गरेकी हुन् ।

विकास जोशी, राज न्यौपाने, घनश्याम जोशी, ममता लामिछाने, सुचित्रा उप्रेती, युनिसा ढुङ्गाना ‘सरिता’ को साथमा भोलाराज सापकोटा, विजय बराल, कमलमणि नेपाल, प्रतीक दुलाल, अस्मिता खनाल लगायत रङ्गमञ्चका पचास भन्दा बढी कलाकारहरूको अभिनय रहेको यस सिरिजमा क्राइसिस ज्याक (कृष्ण) को छायांकन, रोमी मोसेस तन्डुकारको सम्पादन र शक्ति राईको कला निर्देशन रहेको छ ।

प्रतिक्रिया