डिल्लीको ‘यो मायाले के गर्‍यो’ सार्वजनिक

काठमाडौं । डिल्ली फोम्बो एन्ड द ब्यान्डको रूपमा स्टेजमा प्रस्तुति दिने धराने गायक डिल्ली फोम्बोले नयाँ गीत सार्वजनिक गरेका छन् ।

‘यो मायाले के गर्‍यो’ बोलको गीतमा फोम्बोकै शब्द तथा संगीत रहेको छ । गीतमा सञ्जीव राईको संगीत संयोजन रहेको छ ।

रेखा लिम्बु र गायककै अभिनय रहेको गीतको भिडियोमा नरेन लिम्बुको निर्देशन रहेको छ । विनय कंसकारको सम्पादन र विजेन्द्र भट्टराईको छायांकन रहेको छ ।

प्रतिक्रिया