प्युठानमा जिप दुर्घटना, २ जनाको मृत्यु
२०७८ वैशाख १ गते

काठमाडौं । गुल्मीबाट प्युठानको स्वर्गद्वारीका लागि छुटेको जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । स्वर्गद्वारी दर्शनका लागि छुटेको लु १ ज १६५५ नं.को जिप बुधबार बिहान प्युठानको रुमाले भन्ने स्थान नजिकै दुर्घटना हुँदा दुई जनाको घटनास्थलमै मृत्यु भएको प्युठानका प्रजिअ खिमराज भुसालले मकालु खबरलाई जानकारी दिए । । ‘हामी घटनास्थलमै छौँ,’ प्रजिअ भुसालले भने, ‘दुईजनाको मृत्यु भइसकेको छ । सनाखत भने हुन बाँकी छ ।’
जिल्ला प्रहरी कार्यालय प्युठानका सूचना अधिकारी इन्सपेक्टर देवीप्रसाद गैरेका अनुसार दुर्घटनामा परी १२ जना घाइते भएका छन् । उनीहरुको उद्धार गरी प्राथमिक स्वास्थ्य केन्द्र भिङ्ग्रीमा पठाइएको छ । गैरेले भने, ‘उद्धार टोलीले अहिले घाइतेहरुको उद्धार गरिरहेको छ ।’
घटनाबारे विस्तृत विवरण आउन बाँकी छ ।
२०७८ वैशाख १ गते
प्रतिक्रिया
सम्बन्धित








