पुष्प भन्छन्- मलाई कथा मन पर्‍यो

काठमाडौँ । नायक पुष्प खड्कालाई शम्भुजित बास्कोटाले बनाउन लागेको चलचित्रको कथा मन परेको छ । उनलाई बास्कोटाले नयाँ चलचित्रका लागि अफर गरेको समेत खड्काले स्वीकारेका छन् ।

उनी भन्छन्, ‘स्क्रिप्ट राम्रो छ । सबै कुरा मिल्यो भने यो चलचित्र गर्छु ।’

असारबाट फ्लोरमा जाने चलचित्रको छायांकन सोलुखुम्बु आधार शिविर नजिक गरिने तयारी रहेको छ ।

पुष्पका दुई चलचित्र ‘कृष्ण लीला’ र ‘मनसँग मन’ कोरोनाको मारमा परेका छन् । प्रदर्शनका लागि तयारी अवस्थामा रहेका यी दुई चलचित्रको प्रदर्शन हाललाई स्थगित गरिएको छ ।

चलचित्र ‘दर्पण छाया २’ बाट डेब्यु गरेका नायक खड्का, ‘मङ्गलम’ चलचित्र गरे पश्चात् चम्किएका हुन् ।

प्रतिक्रिया