आमा बन्दै नायिका गरिमा पन्त

काठमाडौँ । नायिका गरिमा पन्त गर्भवती भएकी छन् । उनले बेबी बम्पको तस्बिरसँगै आफू आमा बन्न लागेको खबर सार्वजनिक गरेकी हुन् ।

उनले श्रीमान्सँगको तस्बिर सार्वजनिक गर्दै ‘सृष्टिबाट सृष्टिकर्ता ।। जीवनको अर्को सुन्दर अध्यायमा प्रवेश’ लेखेकी छन् ।

बेल्जियम बस्दै आएकी गरिमाले हरि शर्मा थपलियासँग विवाह गरेकी हुन् । उनले २०७३ सालमा विवाह गरेपश्चात् श्रीमान्सँग बेल्जियममै बस्दै आएकी छन् ।

चलचित्र झोलामा जीवन्त अभिनय गरेर चर्चा कमाएकी उनी उक्त चलचित्र पश्चात् भने अभिनयमा देखिएकी छैनन् । उनले तीन घुम्ती‚ ठुली‚ सम्झनालगायत चलचित्रमा समेत अभिनय गरेकी थिइन् ।

आमा बन्दै गरेकी उनलाई बधाई तथा शुभकामना ।

प्रतिक्रिया