दुर्गेश र एलिना अभिनित ‘भेटौँ शनिबार’ सार्वजनिक

काठमाडौँ । काठे गीत ‘भेटौँ शनिबार’ सार्वजनिक भएको छ । गीतमा ममता गुरुङ र विशाल घिमिरेको स्वर रहेको छ ।

विशालकै शब्द रहेको गीतमा जीवन दाहालको संगीत तथा आकाश नेपालीको संगीत संयोजन रहेको छ । राजेश घिमिरेको छायांकन रहेको भिडियो बिनोद बमले सम्पादन गरेका हुन् ।

काजिश श्रेष्ठ निर्देशित भिडियोमा दुर्गेश थापा र एलिना रायमाझी फिचर्ड छन् ।

प्रतिक्रिया