‘डाँडाको वर पीपल’ मा सलोन र रुविनाको जोडी

काठमाडौँ । बुढासुब्बा ओरिजिनलको प्रस्तुतिमा चलचित्र ‘डाँडाको वर पीपल’ बन्ने भएको छ । चलचित्र आगामी वैशाख २२ गतेबाट छायांकनमा जाने भएको छ । शोभित बस्नेतको निर्देशन रहने चलचित्रमा सलोन बस्नेत र रुविना थापाको मुख्य भूमिका रहनेछ ।

चलचित्रमा शिव श्रेष्ठ, गौरी मल्ल, राजीवजंग बस्नेत, यसराज गराचलगायतको अभिनय रहनेछ ।

पारिवारिक कथामा बन्ने चलचित्रमा सुशान्त प्रजापतिको छायाङ्कन रहनेछ । चलचित्रमा रामकाजी घिमिरेको लेखन, द यक्ष ब्यान्डका शिव मुखिया र अर्जुन पोखरेलको संगीत, रोशन श्रेष्ठको द्वन्द्व, गोविन्द राईको नृत्य निर्देशन, नवराज गिरीको गीत र रामजी राउतको मुख्य सहायक निर्देशन छ ।

७५ दिनको छायांकन तालिका रहेको चलचित्र काठमाडौं, कालाबाङ, पूर्वी नेपाल र से फोक्सुण्डो तालमा खिचिनेछ ।

प्रतिक्रिया