माधव नेपाललाई अध्यक्ष ‌ओलीले भने- आत्मालोचना गरेर पार्टीमा फर्किनुस्

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले माधवकुमार नेपाललाई आत्मालोचना गरेर पार्टीमा फर्किन आग्रह गरेका छन् ।

नेपाल उत्पीडित जातीय मुक्ति समाजको राष्ट्रिय भेलालाई सम्बोधन गर्दै प्रधानमन्त्री एवं एमाले अध्यक्ष अ‍ोलीले अझै पनि पार्टीबाट निष्काशन नगरेको भन्दै आत्मआलोचना गरेर आए बिनाभेदभाव पार्टीमा काम गर्न दिइने बताए ।

कार्यक्रममा सम्बोधन गर्दै उनले पार्टीलाई ध्वस्त पार्न खोजेको खण्डमा ठीक पार्ने चेतावनी दिए ।

‘अहिले पनि पार्टीबाट निष्कासन गरेका छैनौं । आत्मालोचना गरेर फर्किनुस्, पार्टीमा बिनाभेदभाव काम गर्न दिन्छौं‚ ’ उनले अघि भने, ‘माधव नेपालजी आएर काम गर्नुहुन्छ भने अहिलेसम्म गरेका अपराधपूर्ण कामको आत्मालोचना गर्नुस् ।’

प्रतिक्रिया