‘प्रेम गीत ३’ पाँच भाषामा प्रदर्शन हुने‚ निर्देशक भन्छन्- पहिला हिन्दीको काम सक्छु

काठमाडौँ  । बहुप्रतिक्षित चलचित्र ‘प्रेम गीत ३’ पाँच भाषामा प्रदर्शन हुने चर्चा चलेको छ  । तर चलचित्रका निर्देशक सन्तोष सेनले भने अहिले नै पक्का नभएको बताएका छन् ।

मकालु खबरसँग कुरा गर्दै निर्देशक सेनले भने, ‘मेरो पहिलो प्राथमिकता हिन्दीमा भारतको सबै सहरको हलमा रिलिज गर्ने हो  । त्यहीअनुसार काम अगाडि बढेको छ  । यहाँ पोस्ट प्रोडक्सनमा काम गर्दै गर्दा अरू भाषाको ओटीटी वितरकबाट कुरा आएको छ । पहिला हिन्दीको पुरा काम म आफैं बसेर सक्छु । अनि अरू भाषाको काम सुरु हुन्छ । हेरौँ ४/५ कति भाषामा हुन्छ ।’

ठूलो लगानीमा निर्माण गरिएको चलचित्रको हिन्दी डबिङका लागि निर्देशक सेन मुम्बईमा छन् । चलचित्रको मुख्य भूमिकामा प्रदीप खड्का, नवनायिका क्रिस्टिना गुरुङ, मनिष राउत, शिव श्रेष्ठलगायत रहेका छन् । चलचित्रको निर्देशन सेन र छेतेन गुरुङ  मिलेर गरेका छन् ।

प्रतिक्रिया