वेब सिरिज ‘कहानी हो यो प्रेमको’ शुभमुहूर्त

काठमाडौँ । वेब सिरिज ‘कहानी हो यो प्रेमको’  को शुभमुहूर्त गरिएको छ । इटहरीको पूर्वाञ्चल इन्स्टिच्युट अफ फिल्म एन्ड टेलिभिजनको कार्यालयमा पत्रकार सम्मेलन गर्दै वेब सिरिजको शुभमुहूर्त गरिएको हो ।

युवा युवतीबीचको प्रेममा आइपर्ने विभिन्न उतार चढावहरूलाई सिरिजको कथावस्तु बनाइएको छ । भीम लामाको निर्देशनमा निर्माण हुन लागको उक्त वेब सिरिजको कथा पनि निर्देशक लामाले नै लेखेका हुन् ।

प्रकाश सुब्बा, सुरेन्द्र भुजेल, बोधराज पुरुष, खेमराज धमला र भीम लामाको संयुक्त लगानीमा निर्माण हुन लागेको सिरिजका कलाकारहरू अडिसनबाट छनौट गरिएको हो । छनोट भएका कलाकारहरूका लागि तालिमको समेत व्यवस्था गरिएको निर्देशक भीम लामाले बताए । यो वेब सिरिज १ हजार १ सय ११ एपिसोडको हुनेछ । यसका लागि कथावस्तु समेत तयार भइसकेको निर्देशक लामाले बताए ।

वेब सिरिजमा मेनुका गिरी, विष्णु राई, बिनु राई, उपार्जुन राई, सुनिता पुरी, जेरी शर्मा, आयूष कटुवाल, वन्दना दाहाल, बोधराज पुरुष, सजना बजगाईँ, सपन श्रेष्ठ, सन्जु अधिकारी, सुरज भुजेल, उदय सुब्बा, खेमराज धमलालगायतका कलाकारहरूको अभिनय रहनेछ । एक नम्बर प्रदेशका विभिन्न स्थलहरूमा छायांकन हुने वेब सिरिजमा प्रकाश सुब्बाको छायाङ्कन रहनेछ भने सम्पादन पनि प्रकाशले नै गर्नेछन् ।

प्रतिक्रिया