पुष्प अभिनीत ‘साली देवर’ सार्वजनिक

काठमाडौँ । सन्तोष प्रगाढ र सहिमा श्रेष्ठको स्वरमा रहेको गीत ‘साली देवर’को सार्वजनिक भएको छ । गीतमा दिनेश सुवेदीको शब्द तथा सन्तोष प्रगाढ कै सङ्गीत तथा सङ्गीत संयोजन रहेको छ ।

डान्सिङ नम्बर भिडियोमा पुष्प खड्का, मोनालिसा खतिवडा, प्रशंसा ढुङ्गेल, समीर तामाङ, महादेव त्रिपाठी, रेसम फिरिरि, शमशेरबहादुर राई फिचर्ड छन् । भिडियोमा हरि लामा घलेको छायाङ्कन, राहुल बराइलीको कोरियोग्राफी तथा दीर्घ खड्काको सम्पादन छ । रुपेश तामाङको निर्देशन रहेको भिडियोमा जीवन तामाङ र सरवन कुमार श्रेष्ठको निर्माण छ ।

प्रतिक्रिया