भेन्टिलेटरमा उपचाररत् कोरोना संक्रमितको मृत्यु

काठमाडौँ । कैलालीको धनगढीस्थित सेती प्रादेशिक अस्पतालमा उपचाररत एक कोभिड १९ संक्रमित मृत्यु भएको छ । अस्पतालको कोभिड अस्थायी अस्तालको भेन्टिलेटरमा उपचाररत गोदावरी नगरपालिका ३ का ५० वर्षीय पुरुषको बिहान मृत्यु भएको हो ।

अस्पतालका सूचना अधिकारी दीलिप श्रेष्ठका अनुसार ती पुरुषमा आइतबारमात्रै संक्रमण पुष्टि भएको थियो । संक्रमित भएपछि उनी गएराति ८ बजेतिर अस्पतालमा भर्ना भएका थिए ।

एक्कासी श्वासप्रश्वास र कडा खालको निमोनियाको समस्या देखिएपछि उनको मृत्यु भएको हो । मृतकको शव व्यवस्थापनको लागि नेपाली सेनासँग समन्वय भइरहेको अस्पतालले जनाएको छ ।

प्रतिक्रिया