सरकारविरुद्ध माधवपक्षीय अनेरास्ववियूको प्रदर्शन (तस्बिरहरू)

काठमाडौं । माधवकुमार नेपालपक्षीय अनेरास्ववियूले आइतबार माइतीघर मण्डलामा सरकारविरुद्ध प्रदर्शन गरेको छ ।

सरकारले हालै वितरण गरेको पदक एवं मानपदवीमा नेपालको पुरानै राजनीतिक नक्सा राखिएको भन्दै अनेरास्ववियूले प्रदर्शन गरेको हो ।

राष्ट्रपति विद्यादेवी भण्डारीले गत चैत्र २७ गते शितलनिवासमा एक कार्यक्रमबीच विभिन्न क्षेत्रमा अतुलनीय कार्य गर्ने व्यक्तित्वहरूलाई नेपालको पुरानै नक्सा छापिएको पदक एवम् मानपदवी वितरण गरेकी थिइन् ।

विरोध प्रदर्शनमा माधवकुमार नेपालपक्षीय अनेरास्ववियूका केन्द्रीय नेतालगायत कार्यकर्ताहरूको उपस्थति रहेको थियो ।

प्रतिक्रिया