‘हामी तीन भाइ’ चलचित्र बन्ने

काठमाडौँ । चलचित्र ‘हामी तीन भाइ’ बन्ने भएको छ । मधुसूदन भट्टराईको निर्देशनमा बन्ने चलचित्रमा सलोन बस्नेत , शिशिर राणा, विकास चापागाईँ, सदिक्षा पाण्डे, नरेन्द्र केसी अनुबन्धित भएका छन् । अन्य केही कलाकारहरू छनोट हुन बाकि रहेको छ ।

प्रसिद्धि सिने आर्टको ब्यानरमा निर्माण हुन लागेको चलचित्र  साजित महतले निर्माण गर्ने छन् । चलचित्रमा द्वन्द्व हिमाल केसी को रहने छ भने छायाङ्कन नरेन्द्र कुमार सिंहले गर्ने छन् । श्याम कृष्ण मानन्धरको सङ्गीत रहने चलचित्र मनिश गौतम र रिवाज दाहालले लेखेका हुन् । चलचित्रका गीतमा रूपक डोटेल र नीतु पौडेलले आवाज दिने छन् । चलचित्रका कार्यकारी निर्मातामा विक्रम तामाङ रहेका छन् ।

डेढ दशक अगाडी चलचित्र हामी तीन भाइ को निर्माण भएको थियो । उक्त चलचित्रमा लेखन निर्देशन शिव रेग्मी रहेको थियो ।

प्रतिक्रिया