पत्रकार महासंघको अध्यक्षमा पोख्रेल

काठमाडौं । नेपाल पत्रकार महासंघको अध्यक्षमा विपुल पोख्रेल निर्वाचित भएका छन् । शनिवार अपराह्न सकिएको मतगणनाबाट लोकतान्त्रिक, व्यावसायिक, श्रमजीवी पत्रकार पोख्रेल नेतृत्वको संयुक्त प्यानल विजयी बनेको हो ।

अध्यक्ष पोख्रेल प्रगतिशील, समावेशी र राष्ट्रियता प्रतिबद्ध व्यावसायिक पत्रकार प्यानलका निर्मला शर्मालाई पराजित गर्दै विजयी बनेका हुन् । यसैगरी अर्का अध्यक्षका प्रत्याशी गजेन्द्र बुढाथोकी पनि पराजित भएका छन् ।

यस्तै सोही प्यानलका माधव नेपाललाई हराउँदै वरिष्ठ उपाध्यक्षमा रमेश विष्ट विजयी भएका छन् । यसैगरी महिला उपाध्यक्षमा बाला अधिकारी निर्वाचित भएकी छन् । उनले शर्मा प्यानलकी दाना केसी सुवेदीलाई हराएकी हुन् ।

अध्यक्षमा विपुल पोख्रेल २ हजारभन्दा बढी मतान्तरले विजयी भएका छन् । मुलुक संघीय संरचनामा गएपछि महासंघको नेतृत्व पहिलो पटक प्रत्यक्ष निर्वाचन प्रणालीबाट चयन हुन लागेको हो ।

प्रतिक्रिया