डेभिड शंकरको ‘मन पराएँ तिमीलाई’ सार्वजनिक

काठमाडौँ । डेभिड शंकरको स्वरमा रहेको गीत ‘मन पराएँ तिमीलाई’ सार्वजनिक भएको छ । गीतमा ज्ञानेश्वर तिवारीको शब्द तथा दीपक शर्माको सङ्गीत रहेको छ । भिडियोमा सरोज खनाल, रजनी केसी र सरोज दाहाल फिचर्ड छन् ।

राजु अधिकारी निर्देशित भिडियोमा आशुतोष अधिकारीको सहायक निर्देशन रहेको छ । जयराम थापाको छायाङ्कन रहको भिडियो कन्सेप्ट ज्ञानेश्वर कै रहेको छ । भिडियोमा विनय कंसकारको रङ्ग संयोजन र मन्दील श्रेष्ठको सम्पादन छ । भिडियो अम्बिका तिवारी अधिकारीले निर्माण गरेकी हुन् ।

प्रतिक्रिया