पूर्णिमा बनिन् सुगम तर्फकी सर्वोत्कृष्ट गायिका

काठमाडौँ । शुक्रवार साँझ सम्पन्न ११ औ विन्ध्यवासिनी म्युजिक अवार्ड २०७७ बाट गायिका पूर्णिमा लामाले सुगम सङ्गीत महिला गायिका विधातर्फको सर्वोत्कृष्ट गायिकाको रूपमा अवार्ड प्राप्त गरेकी छन् ।

लामाले ‘मुटु जली खरानी भो’ गीत बाट अवार्ड प्राप्त गरेकी हुन् । गीतमा शब्द तथा सङ्गीत बलराम साउदको रहेको छ ।

विन्ध्यवासिनी म्युजिक प्रालि जस्तो गौरवमय म्युजिक कम्पनीको अवार्ड लिन पाउँदा आफूमाथि थप साङ्गीतिक अभिभारा थपिएको महसुस भएको उनले बताएकी छन् । आफू निरन्तर साङ्गीतिक क्षेत्रमा क्रियाशील रहने समेत लामाले बताइन्  ।

प्रतिक्रिया