चलचित्र ‘प्रेमगञ्ज’ मा सम्पदा बानियाँ

काठमाडौँ । चलचित्र चौतारीको ब्यानरमा निर्माणमा हुन लागेको चलचित्र ‘प्रेमगञ्ज’ को लागि नायिका सम्पदा बानियाँ छनौट भएकी छन् । चलचित्रमा तेज गिरी र बेनिशा हमाल सँगै सम्पदाको मुख्य भूमिका रहने पक्का भएको छ ।

यसअघि नै चलचित्रका लागि सुप्रिया खनाल, राइडर प्रशान्त, सिमरन खड्का र आयुषी ढकाल अडिसनबाट छानिएका छन् । त्यस्तै अन्य कलाकार शिशिर राणा, रश्मि भट्ट, पवन भट्टराई, सन्जोग रसाइली, गीता अधिकारी लगायतको अभिनय रहने छ ।

चलचित्र त्रिकोणात्मक प्रेम कथामा बन्ने निर्देशक परिच्छेद सेनले बताएका छन् । चलचित्र सञ्जय लामाले छायाङ्कन गर्ने छन् । विगत २५ वर्ष देखि स्पोट ब्वाईको रूपमा काम गर्दै आएका राजु फूयाँल निर्माता रहेका यो चलचित्रका कार्यकारी निर्मातामा अनन्तमान श्रेष्ठ रहेका छन् । चलचित्र वैशाख पहिलो साताबाट छायाङ्कनमा जाने बताइएको छ ।

प्रतिक्रिया