एघारौँ विन्दवासिनी म्युजिक अवार्ड सम्पन्न

काठमाडौँ । एघारौँ रमपम विन्दवासिनी म्युजिक अवार्ड शनिबार होटेल याक एन्ड यतिमा सम्पन्न भएको छ । अवार्ड कार्यक्रममा विभिन्न सङ्गीत कर्मी स्रष्टा सर्जकको उपस्थिति रहेको थियो ।

अवार्ड कार्यक्रममा विभिन्न २७ विधामा नोमिनेसनमा परेका मध्ये उत्कृष्टलाई अवार्ड प्रदान गरिएको थियो । सर्वोत्कृष्ट विधा छान्नका लागि जुरीको तर्फबाट ५० प्रतिशत भोटिङमार्फत ४५ प्रतिशत र आयोजकको तर्फबाट ५प्रतिशत अङ्क प्रदान गरिएको थियो ।

अवार्डसँगै केही व्यक्तिलाई सम्मान गरिएको थियो । अस्वस्थ रहेका सङ्गीतकर्मी योगेश वैद्यलाई उनको वासस्थानमै पुगेर आयोजकले ‘लाइफ टाइम अचिभमेन्ट अवार्ड’ प्रदान गरेका थिए । अवार्डका साथ उनलाई १ लाख प्रदान गरी सम्मान गरिएको थियो ।

त्यस्तै सङ्गीत साधना सम्मान गायिका कुन्ती मोक्तानलाई  प्रदान गरिएको थियो । उनलाई सम्मान सहित ५० हजारले सम्मान गरिएको थियो । सङ्गीत रत्न सम्मान माण्डवी त्रिपाठीले प्राप्त गरिन् । सम्मान सहित उनलाई  २५ हजारले सम्मान गरिएको थियो । त्यस्तै कला पत्रकारिता सम्मान अनन्त वाग्लेलाई प्रदान गरिएको थियो ।

प्रतिक्रिया