लोक दोहोरीमा समीक्षा, पाइन् ‘नवप्रतिभा अवार्ड’

काठमाडौँ । सानै उमेरमा सुगम सङ्गीतमा छुट्टै स्थान बनाउन सफल गायिका समीक्षा अधिकारीलाई अर्को सफलता मिलेको छ । उनले गाएको लोक भाका ‘माया मारेर’ मार्फत नवप्रतिभाको अवार्ड हात पारेकी छन् ।

शुक्रवार होटेल याक एन्ड यतिमा भएको ‘एघारौँ विन्दवासिनी म्युजिक अवार्ड’ कार्यक्रममा उनलाई सर्वोत्कृष्ट नवप्रतिभा लोक दोहोरी विधा अन्तर्गत उनलाई अवार्ड प्रदान गरिएको हो । अवार्ड लिन पुगेकी उनी दङ्ग देखिन्थिन् ।

उक्त गीतमा समीक्षालाई लोक गायक नरेश खातीले गायनमा साथ दिएका छन् । खातीकै निर्देशन रहेको म्युजिक भिडियोमा कमल ढुङ्गाना, रुपेश आले मगर, बलबहादुर, नरेश खाती र समीक्षा अधिकारीलाई देख्न सकिन्छ । गीतको शब्द तथा सङ्गीत समेत खातीले नै तयार गरेका थिए ।

प्रतिक्रिया