दुर्गेश थापा दम्पती बने सर्वोत्कृष्ट मोडल जोडी

काठमाडौँ । दुर्गेश थापा दम्पती सर्वोत्कृष्ट मोडल जोडी बनेका छन् । दुर्गेश र उनकी श्रीमती तथा मोडल प्राची लामाले सर्वोत्कृष्ट मोडल जोडी (पप तथा आधुनिक) विधाको अवार्ड प्राप्त गरेका हुन् ।

शुक्रवार होटेल याक एन्ड यतिमा भएको ‘एघारौँ रमपम बिन्दबासिनी म्युजिक अवार्ड’ कार्यक्रममा दुर्गेशले दुवै जनाको अवार्ड थापेका थिए । भर्खरै छोरालाई जन्म दिएकी प्राची भने कार्यक्रममा उपस्थित हुन सकिनन् ।

दुर्गेश स्वयम् र अन्जु पन्तको स्वर रहेको  गीतमा रोशन सिंहले शब्द तथा सङ्गीत गरेका छन् । यस्तै सङ्गीत संयोजन साहस शाक्यको रहेको छ  । शिव विकले निर्देशन गरेको भिडियोलाई अर्जुन तिवारी र टिमले खिचेका हुन् ।

छोरा जन्मिएपछि मात्रै दुर्गेश र प्राचीले विवाह गरेको खबर बाहिरिएको थियो ।

प्रतिक्रिया