मोटरहेडले ल्यायो ‘पावर, पिकअप सब छ, नयाँ वर्ष २०७८ खास छ’ अफर

काठमाडौं । मोटरहेड ब्राण्डका लागि नेपालको आधिकारिक बिक्रेता एस.एल.आर टेक्नो एण्ड ट्रेड प्रालिले नयाँ वर्ष अफर सार्वजनिक गरेको छ । २०७७ चैत २९ देखि २०७८ वैशाख ३१ सम्म यो अफर लागू हुने कम्पनीले जनाएको छ ।

कम्पनीले ‘पावर, पिकअप सब छ , नयाँ वर्ष २०७८ खास छ’ अफर ल्याएको हो । यो अफरअन्तर्गत मोटरहेडका बाइकहरू नगदमा खरिद गरेमा ग्राहकले १२ हजार रुपैयाँ छुट पाउनेछन् । फाइनान्समा खरिद गरेमा ८ हजार रुपैयाँ र एक्स्चेन्जमा खरिद गरेमा बजार मूल्यभन्दा थप १५ हजार रुपैयाँ बढी मूल्यांकन गरिने कम्पनीले जनाएको छ ।

त्यसैगरी ग्राहकको सुविधालाई मध्यनजर गरी अन्य सुविधाहरू पनि प्रदान गरिने प्रालिका जनरल म्यानेजर उज्ज्वल जोशीले जानकारी दिए । ‘कम्पनीको तर्फबाट एसेसरिज निःशुल्क प्रदान हुनेछ,’ उनले भने, ‘ग्राहकका सुविधाका लागि हामीले यो अफर ल्याएका हौं । अफरबाट मोटरहेडका ग्राहकहरु प्रत्यक्ष लाभान्वित हुनेमा हामी विश्वस्त छौं ।’ यो अफर मोटरहेडका देशभर रहेका डिलरहरुमा लागु हुनेछ ।

यो अफर अन्तर्गत बाइक बिक्री हुँदा प्रति बाइक एक हजार रुपैयाँ संकलन गरी सामाजिक क्षेत्रमा खर्च गर्ने लक्ष्य कम्पनीले लक्ष्य लिएको छ । यो रकम कम्पनीको तर्फबाट जम्मा गरिनेछ । अफर सकिएपछि सामाजिक उत्तरदायित्व अन्तर्गत कम्पनीले कुनै सामाजिक संस्थालाई हस्तान्तरण गर्नेछ ।

मोटरहेडका बाइकहरु नेपाली बजारमा लोकप्रिय रहेको जोशीले बताए । राम्रो ब्राण्डका बाइकहरु तुलनात्मक रुपमा सस्तो मूल्यमा नेपाली बजारमा उपलब्ध गराउन कम्पनी सफल रहेको जोशीले बताए ।

प्रतिक्रिया