पुनर्नियुक्त चार मन्त्रीले लिए सपथ

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले पुनः नियुक्त भएका चार मन्त्रीलाई पद तथा गोपनियताको शपथ ग्रहण गराएकी छन् ।

शितलनिवासस्थित राष्ट्रपति कार्यालयमा टोपबहादुर रायमाझी, लेखराज भट्ट, प्रभु साह र गौरीशंकर चौधरीलाई मन्त्रीको शपथ ग्रहण गराइएको हो ।

प्रधानमन्त्री केपी शर्मा ओलीले ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्रीमा टोपबहादुर रायमाझी, उद्योग, वाणिज्य तथा आपूर्तिमा लेखराज भट्ट, सहरी विकासमन्त्रीमा प्रभु साह र श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्रीमा गौरीशंकर चौधरीलाई सिफारिस गरेका थिए ।

चारै जनालाई अन्य पार्टीको गतिविधिमा संलग्न भएको भन्दै नेकपा (मा‌ओवादी केन्द्र)ले कारबाही गरेको थियो ।

प्रतिक्रिया