गृहमन्त्री थापालाई सांसदबाट पदमुक्त गरिएको पत्र सचिवालयमा दर्ता

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)ले गृहमन्त्री रामबहादुर थापा ‘बादल’ ले पार्टी परित्याग गरेको जानकारीसहितको पत्र संसद सचिवालयमा दर्ता गरेको छ ।

संसद् सचिवालयमा माओवादी केन्द्रका राष्ट्रिय सभाका सांसद दिनानाथ शर्माले थापाले दल त्याग गरेको सूचना दर्ता गराएका थिए ।

‘केही दिनअघि प्रतिनिधि सभाका चार सांसदले दलत्याग गरेको सूचना दिएका थियौं, आज ‘बादल’ को दिएका हौं । अर्को दलमा गएपछि दलत्यागसम्बन्धी व्यवस्था आकर्षित हुने भएकाले सोहीअनुसार सूचना सचिवालयलाई दिएका हौं’ शर्माले भने ।

प्रतिक्रिया