भारतमा एकैदिनमा एक लाख ३२ हजार संक्रमित

नयाँ दिल्ली । भारतमा कोरोना भाइरसबाट दैनिक संक्रमितको संख्या दिनप्रति दिन तीव्ररुपमा बढ्दै गएको छ । पछिल्ला केही दिनदेखि दैनिक एक लाखभन्दा बढी संक्रमित भएका छन् ।

दिनप्रतिदिन दैनिक संक्रमितको सङ्ख्या अहिलेसम्मकै सबैभन्दा धेरै हुदै गएको छ । यो संख्या अहिले बढेर झण्डै एक लाख ३२ हजारमा पुगेको छ ।

स्वास्थ्य मन्त्रालयका अधिकारीहरुले शुक्रबार दिएको जानकारीअनुसार पछिल्लो २४ घण्टा एक लाख ३१ हजार ९६८ पुगेको हो । भारतमा अहिलेसम्म कुल संक्रमितको संख्या एक करोड ३० लाख ६० हजार ५४२ पुगेको अधिकारीहरुको भनाइ छ ।

यही हप्ता दैनिक संक्रमितको सङ्ख्या एक लाखभन्दा बढी पुगेको शुक्रबार चौथो पटक हो । यसअघि गत सोमबार एक लाख तीन हजार ५५८ जना सङ्क्रमित भएका थिए भने बुधबार एक लाख १५ हजार ७३६ जना सङ्क्रमित भएका थिए ।

त्यसैगरी बिहीबार एक लाख २६ हजार ७८९ जना कोरोना भाइरसबाट संक्रमित भएको तथ्यांक मन्त्रालयले सार्वजनिक गरेको थियो ।

भारतमा पछिल्लो २४ घण्टामा ७८० जनाको मृत्यु भएको छ भने अहिलेसम्म कुल मृतकको सङ्ख्या एक लाख ६७ हजार ६४२ पुगेको छ ।

मन्त्रालयका अनुसार भारतमा अहिलेपनि नौ लाख ७९ हजार ६०८ जना सङ्क्रमित अवस्थामै रहेका छन् । त्यसैगरी कुल एक करोड १९ लाख १३ हजार २९२ जना कोरोना भाइरसबाट संक्रमणमुक्त भएको मन्त्रालयको तथ्यांक छ ।

प्रतिक्रिया