फ्राइडे रिलिज : चलचित्र श्री र गुड  फ्रेन्ड

काठमाडौँ । फ्राइडे रिलिज अन्तर्गत चलचित्र ‘गुड फ्रेन्ड’ र ‘श्री’ आजबाट प्रदर्शनमा आएका छन् । चलचित्र गोर्खे पश्चात् नेपाली चलचित्र घरमा लाग्न नसकेको चलचित्र आजबाट पुनस् लागेका हुन् । ७२ घण्टामा छायाङ्कन गरिएको श्री र करिब एक दशक अघि नै तयार भएको चलचित्र ‘गुड फ्रेन्ड’ ले नयाँ वर्षमा दर्शक तान्ने अपेक्षा गरिएको छ ।

एभरेस्ट सूर्य बोहराको निर्देशन तथा लेखन रहेको चलचित्र ‘श्री’ की निर्माता सविता गुरुङ हुन् । चलचित्रमा सन्दीप क्षेत्री, वर्षा सिवाकोटी, बुद्धि तामाङ, वसुन्धरा भुसाल, राजा राम पौडेल, रवीन्द्र झा, भोला सापकोटा, सविता गुरुङ, मोहन कृष्ण श्रेष्ठ लगायत कलाकारको अभिनय रहेको छ । स्क्रिन प्लेमा बोहरालाई शिवम् अधिकारीले सहायता दिएका छन् । चलचित्र छायाङ्कन शेर बहादुर तामाङले गरेका हुन् । चलचित्रमा टेकेन्द्र नेपालीको सङ्गीत र सुजन बडालको सम्पादन रहेको छ ।

समसामयिक प्रेम कथामा आधारित एक्सन प्रधान चलचित्र ‘गुड फ्रेन्ड’ मा पम्फा बर्मा र फारुबी बर्माको निर्माण रहेको छ । बिजी बर्मा फिल्मस् प्रालिको लागि वसन्त बर्मा प्रस्तुत कर्ता रहेको चलचित्रमा मुकेश ढकाल, सविना कार्की, एलबी कटुवाल, वसन्त बर्मा, राजन महर्जन, पूजा महर्जन, राज सिंहलगायतको अभिनय रहेको छ ।

प्रदीप खड्काको द्वन्द्व रहेको चलचित्रमा सङ्गीत ध्रुव बिस्कोले गरेका हुन् । नृत्य निर्देशनको जिम्मा अजय स्याङ्तान र राजन महर्जनले सम्हालेका छन् भने निर्देशन राजबहादुर सानेले गरेका हुन् ।  छायाङ्कन केशव अधिकारी र सरोज महर्जनको रहेको छ ।

प्रतिक्रिया