सत्ता समीकरणका लागि देउवा अग्रसर, बोलाए तीन दलको बैठक

काठमाडौँ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले तीन दलको बैठक बोलाएका छन् । बैठक देउवा निवास बुढानिलकण्ठमा आज दिउँसो ३ बजे बस्ने गरी बैठक बोलाइएको हो ।

कांग्रेस मुख्यसचिव कृष्णप्रसाद पौडेलका अनुसार एमालेबाहेक अरू दललाई बैठकमा बोलाइएको छ । बैठकमा कांग्रेस, नेकपा माओवादी केन्द्र र जसपाबीच सत्ता समीकरणबारे छलफल हुने बुझिएको छ । सत्ता समीकरणबारे छलफल गर्न सबै विपक्षीको संयुक्त बैठक हुन लागेको यो पहिलो पटक हो ।

यसअघि दुई पक्षीय छलफल भए पनि ती छलफल निष्कर्षबिहीन बनेका थिए । कांग्रेस केन्द्रीय कार्यसमितिको गत चैत २० को बैठकले प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा माग गर्दै आफ्नो नेतृत्वमा सरकार बनाउन पहल गर्ने निर्णय गरेको थियो ।

प्रतिक्रिया