वातावरण सुधारको माग राख्दै माइतीघरमा शान्तिपूर्ण प्रदर्शन (तस्बिरहरू)

काठमाडौं । बिग्रँदो वातावरण सुधारको माग राख्दै हरित नेपाल नामक संस्थाल माइतीघर मण्डलामा विरोध प्रदर्शन गरेको छ ।

बिहीबार युवाहरूको उपस्थितिमा शान्तिपूर्ण प्रदर्शन गरिएको हो । उनीहरूले ‘हामी हावा फेर्ने कि धलो‚ कति गर्नु बाहना‚ मास्क लगाउनु छैन चाहना‚ सरकार सास फेर्न दे’लगायतका प्ले कार्ड बोकेर विरोध प्रदर्शन गरेका छन् ।

विभिन्न नारा लेखिएका प्ले कार्ड प्रदर्शन गर्दै संस्थाका सदस्यहरूले मौन गतिविधि गरी विरोध प्रदर्शन गरेका हुन् ।

प्रतिक्रिया