राधिका हमाल र राजु देवकोटाको ‘खोली तिरैमा’ सार्वजनिक

काठमाडौँ । राधिका हमाल र राजु देवकोटाको स्वरमा गीत ‘खोली तिरैमा’ सार्वजनिक भएको छ । राजु र शशी विक्रम थापाको शब्द रहेको गीतमा शशीकै सङ्गीत रहेको छ । टेक लामा (टिसिरिङ)को निर्देशन रहेको गीतको भिडियोमा सम्पदा बानियाँ, कृष्ण रसाल, प्रवीण ढल्लाकोटी र शशीविक्रमको अभिनय तथा नृत्य रहेको छ । विजय बुढाको रेकर्डिङ, कृष्ण पुनको मिक्सिङ तथा माष्टरिङ रहेको भिडियोमा शिव न्यौपानेको छायाङ्कन र भूपेन्द्र अधिकारीको सम्पादन छ ।

प्रतिक्रिया