संसदको कार्यसूचीबाट हट्यो सूचना प्रविधि विधेयक

काठमाडौं । बिहीबार प्रतिनिधिसभाको बैठकमा पेस गर्ने भनिएको सूचना प्रविधि विधेयक कार्यसूचीबाटै हटाइएको छ ।  सूचनाप्रविधिको सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक प्रमुख प्रतिपक्षी दलको विरोधका कारण हटाइएको जनाइएको छ।

सत्तारुढ दल नेकपा एमालेका प्रतिनिधिले अन्तिमसम्म सूचना प्रविधि विधेयकको प्रतिवेदन पेस गर्नुपर्ने अडान लिएकोमा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस र माओवादी केन्द्रको विरोधपछि उक्त विधेयक कार्यसूचीबाट  हटाइएको एक नेताले बताए ।

प्रतिनिधिसभा बैठकअघि संसद भवन नयाँ बानेश्वरमा बसेको कार्यव्यवस्था परामर्श समितिको बैठकमा प्रमुख विपक्षी कांग्रेस र माओवादी केन्द्रले विरोध गरेपछि उक्त विधेयक कार्यसूचीबाट हटाइएको हो ।

संघीय संसद सचिवालयले सार्वजनिक गरेको सम्भावित कार्यसूचीमा विकास तथा प्रविधि समितिका सभापति कल्याणीकुमारी खड्काले सूचनाप्रविधिको सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकको प्रतिवेदन पेस गर्ने उल्लेख थियो ।

प्रतिक्रिया