‘पार्टी संकटमा छैन, तपाईँहरु आफूलाई कमजोर नबनाउनुस्’

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टी संकटमा नरहेकाे भन्दै आफूले आफूलाई कमजोर नबनाउन कार्यकर्ताहरुलाई आग्रह गरेका छन् ।

स्वर्गीय नमिन्द्रराज जोशीको निधन भएको १३ औं दिनको पुण्यतिथिमा पार्टी कार्यालय सानेपामा आयोजित श्रद्धाञ्जलीस भामा बोल्दै सभापति देउवाले कार्यकर्ताहरुलाई धैर्यधारण गरेर अघि बढ्न आग्रह गरेका हुन् ।

श्रद्धाञ्जली सभामा उनले भने, ‘नेपाली कांग्रेस संकटमा हिजो पनि थिएन, आज पनि छैन र भोलि पनि रहँदैन । हाम्राे पार्टीकाे ऐतिहासिक जिम्मेवारी र भूमिका छ । यसलाई सबैले निभाउँदै गएका छौँ । त्यसैले तपाईँहरु आफैँले आफैँलाई कमजोर नबनाउनुस् ।’

यस्तै सभापति देउवाले पार्टीभित्र कुनै किसिमको विवाद नरहेको पनि स्पष्ट पारे । नेताहरुले पार्टी संकटमा रहेको भन्दै विभिन्न सार्वजनिक कार्यक्रमहरुमा बोलेको विषयलाई खण्डन गर्दे सभापति देउवाले यसबारे स्पष्ट पारेका हुन् ।

प्रतिक्रिया