कर्णाली प्रदेशमा एमालेका तीन मन्त्रीले दिए राजीनामा

काठमाडौं । कर्णाली प्रदेशमा नेपाल कम्युनिस्ट पार्टी एमालेका तीन मन्त्रीले पदबाट राजीनामा दिएका छन् । एकल सरकार बनाउने योजनासहित आफ्ना मन्त्रीहरुलाई राजीनामा दिन आग्रह गरेको थियो ।

पार्टीको सोही निर्णयअनुसार माओवादी केन्द्रको नेतृत्वमा रहेको कर्णाली प्रदेश सरकारबाट तीन मन्त्रीले राजीनामा दिएका हुन् ।

मंगलबार पत्रकार सम्मेलनमार्फत राजीनामा दिनेमा आर्थिक मामिला मन्त्री प्रकाश ज्वाला, सामाजिक विकासमन्त्री दल रावल र उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री नन्दसिंह बुढा रहेका छन् । उनीहरुले मुख्यमन्त्री महेन्द्रबहादुर शाहीसमक्ष राजीनामा बुझाएका हुन् ।

एमालेका तीन जना मन्त्रीहरुले राजीनामा दिएसँगै शाही नेतृत्वको कर्णाली प्रदेश सरकार पद धरापमा परेको छ ।

प्रतिक्रिया